शुक्रबार, ७ असार २०८१

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

समयपोष्ट २०८१ जेठ ६ गते ११:०५

Advertisement

वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज कुरा गर्दै उक्त जानकारी दिनुभएको हो ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिनुभयो । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री