सोमबार, २४ वैशाख २०८१

कुमारी बैंकद्वारा ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना सार्वजनिक

समयपोष्ट २०७९ भदौ ३१ गते १९:२५

Advertisement

कुमारी बैंकले विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

यो योजना आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री