आइतबार, ६ जेठ २०८१

प्राधिकरणले लागू गर्यो एमडिएमएस, नेपालमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

समयपोष्ट २०७९ भदौ ३० गते १०:२२

Advertisement

आजदेखि नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ‘एमडिएमएस’ सुरु गरेको छ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत भित्रिने हुँदा आम उपभोक्ताहरु ठगीमा पर्ने,राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएकोले त्यसलाई

रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको जनाएको छ । यस प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ। यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन्।

प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वत: चल्नेछन् । प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नेपर्ने हुन्छ।

Advertisement

प्राधिकरणका अनुसार २०७९ भाद्र ३० गते सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत २०७९ भाद्र ३० गते मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ । २०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितिरण गर्न अनुरोध गरेको छ ।

मोबाइल चल्छ कि चल्दैन कसरी थाहा पाउने

मोबाइल खरिद गर्नु अघि https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरेर सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ ।

आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनु पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री