नाडा इभी एक्सपोमा अनलाइन टिकेटिङको व्यवस्था
नाडा इभी एक्सपो, २०२२ का लागि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ ।
एक्पो भिजिटर (आगन्तुक) हरुको सहजताका लागि भौतिकसँगै अनलाइन टिकेटिङको व्यवस्था समेत गरिएको आयोजनक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
यहीँ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक इभी अटो शोको आयोजना हुँदैछ । यस इभी अटो शोमा ४० हजार भिजिटरहरुले अवलोकन गर्ने आयोजक नाडाले अपेक्षा गरेको छ ।
यसअघिको परम्परा जस्तै यस वर्षपनि टिकट काटेर अटो शो अवलोकन गर्ने मध्येबाट एक जनालाई विशेष इनडोर उपहारको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
इभी शोमा ८ वटा चार पाङ्ग्रेसहित १६ वटा दुई पाङ्ग्रे र अटो कम्पोनेन्ट स्पेयर पार्टस् टायर ट्युव, मेसिनरीको स्टलसहित कुल ५० स्टल रहने इभी शो संयोजक अनुप बरालले जानकारी दिए । जसमा ४ वटा बैंक तथा वित्तीय संस्थाले समेत भाग लिने भएका छन् ।
प्रतिक्रिया