चाडपर्वलक्षित बजाजको ‘बजाज आधाको आधा’ योजना सार्वजनिक
समयपोष्ट
२०७९ भदौ २२ गते २०:४१
नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैं, तिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी ‘बजाज आधाको आधा’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले दशैं, तिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका उक्त योजना ल्याएको जनाएको छ ।उक्त योजनामा ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाइक खरिद गर्न सक्ने जनाएको छ ।
योजना अन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया