भारत नेपालको आर्थिक विकासको सहयात्री हो : अध्यक्ष राणा

नेपाल–भारत उद्योग वाणिज्य संघले र नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करसंग शिष्टाचार भेटवार्ता गरेको छ ।

Advertisement

शुक्रवार नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा उपाध्यक्ष द्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितको एक प्रतिनिधि मण्डलले नेपाल सरकार, अर्थ मन्त्रालयका नवनियुक्त सचिव पुस्करसंग भेटवार्ता गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष राणाले नव नियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुकामना ब्यक्त गर्नुभयो ।

भेटमा संघका अध्यक्ष राणाले भारत नेपालको अन्तराष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो ब्याबसायिक साझेदार भएको बताउनुभयो । उहाँले पारबहन सम्बन्धि मामिलामा निर्भरता १००%, नेपालको अन्तराष्ट्रिय ब्यापारमा पारबहन निर्भरता ९०%, त्यस्तै नेपालमा आएको बिदेशी लगानीमध्ये ४०% का साथै २०% पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक बिकासका सहयात्री रहेको बताउनुभयो । उहाँले नेपालको ब्यापारको मुख्य द्वार भारत रहेको जानकारी गराउंदै नेपाको आर्थिक बिकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराउनुभयो ।

अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेश्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावास मार्फत पहल गर्दै गरेको बताउंदै सोही बिषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धि कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी गराउनुभयो ।

Advertisement

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागी संघले आफ्रनो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाले अनुरोध गर्नुभयो ।

नेपालको आर्थिक बिकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा ब्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भबिष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि सहभागी गराउन र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिव समक्ष प्रस्ताब गर्नुभयो ।

उक्त शिष्टाचार भेट तथा छलफलमा नेपाल सरकार, अर्थ मन्त्रालयका नव नियुक्त सचिव पुष्करले संघले गरेका बिगतका कार्यहरुबारे आफू जानकार रहेको भन्दै उक्त कार्यहरुको प्रशंसा गर्नुभयो । उहाँले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिबर्त गरेको र नेपालको बिकासमा सकारात्मक रुपमा नै हेर्ने गरेको बताउंदै भारतबाट धेरै सिक्न सकिने र भारतसंगको सम्बन्धबाट लिन सकिने लाभहरुमा नेपालको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री