शनिबार, ५ जेठ २०८१

कुमारी बैंक “याक्सिलेन्स इन इ कमर्स विजनेस २०२२” अवार्डबाट सम्मानित

समयपोष्ट २०७९ भदौ १७ गते २०:४९

Advertisement

कुमारी बैंक “याक्सिलेन्स इन इ कमर्स विजनेस २०” अवार्डबाट सम्मानित भएको छ ।

बिहीबार भिसा इन्टर्नेसनलद्धारा आयोजित लिडर्स कन्क्लेभ पेमेण्टस् इनोभेसन फर डिजिटल नेपाल कार्यक्रममा भिसा इन्टर्नेसनले बैंकलाई सम्मानित गरेको हो ।

उक्त अवार्ड बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको बैंकले जनाएको छ ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

Advertisement

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री