बुधबार, ९ जेठ २०८१

नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबिच छूट सम्झौता

समयपोष्ट २०८१ जेठ १ गते २१:००

Advertisement

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालिबिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री