
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ।
यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।
बिहीबार नै भारतीय ओयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।









प्रतिक्रिया