सोमबार, २४ वैशाख २०८१

फोटोन मोटर्सले दशैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एण्ड ड्राइभर क्याम्प संचालन गर्ने

समयपोष्ट २०७८ असोज १४ गते ११:३३

Advertisement

फोटोन मोटर्सले महान् चाँड दसैंको अवसरमा ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंग क्याम्प’ आयोजना गर्ने भएको छ ।

कम्पनीले असोज १७ देखि सञ्चालन गर्ने उक्त क्याम्पको लाभ असोज २२ गतेसम्म ग्राहकले लिनसक्ने कम्पनीले जनाएको छ ।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्ता सम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिंग हुने कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिनु भएको छ ।

उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिसत छुटको व्यबस्था गरेको छ ।

Advertisement

यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट दिने छ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६(सिट क्षमताको भ्यान भ्यु सीएस२, १५-सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री