शुक्रबार, ४ जेठ २०८१

प्रभावितलाई बाँडफाँट सकेलगत्तै मध्य भोटेकोशीले जारी गर्दै आइपिओ, १० हजार कित्तासम्म आवेदन दिन पाइने

समयपोष्ट २०७८ असोज १३ गते ९:५२

Advertisement

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि असोज २० गतेबाट आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले स्थानीय प्रभावितलाई बाँडफाँट सकेलगत्तै सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीले असोज २५ गतेसम्म सेयर बिक्री गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यसमध्ये तीन लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।

Advertisement

१०० रुपैयाँ अंकित दरका सेयर कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री