शनिबार, १५ वैशाख २०८१

कुमारी बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०७८ असोज १२ गते १२:३०

Advertisement

कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस घोषणा गरेको छ ।

बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री