मंगलबार, २४ असार २०८२

विश्वदेव न्यौपानेको अध्यक्ष्यतामा गठन भयो छत्रदेव स्थानीय तह कार्यसमिति

समयपोष्ट २०७८ असोज ८ गते १८:३७

Advertisement

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति, अर्घाखाँचीले दोश्रो चरणमा मिति २०७८र०६र०८ गते छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा स्थानीय तह कार्यसमिति गठन गरेको छ ।

विश्वदेव न्यौपानेको अध्यक्ष भएको छत्रदेव गाँउपालिका स्थानीय तह कार्य समिति गठन भएको छ । जसमा बुद्धिराम न्यौपाने र शिवबहादुर सुनार उपाध्यक्ष रहेको कार्यसमितिको सचिवमा कृष्ण प्रसाद श्रेष्ठ चुनिनु भएको कार्यसमितिमा १३ सदस्यहरु सर्वसम्मतरुपमा क्रमशस् सुनिल पन्थी, हरिप्रसाद खनाल, साजन पाण्डे, कमला खनाल, पार्वति पाण्डे, प्रकाश पोखरेल, संजय राना, मणिराम विश्वकर्मा, उषा पाण्डे, विष्णु थापा, ताराबहादुर वि.क र भास्कर आचार्य चुनिनु भएको छ ।

त्यसैगरि समितिलाई मार्गदर्शन र सल्लाह दिनको लागि रामप्रसाद पौडेल संयोजक, नारायण ज्ञवाली र शारदा वि। क। सदस्य रहेको सल्लाहकार समिति समेत गठन भएको छ ।

Advertisement

सर्वसम्मत निर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल र विशेष अतिथि उपाध्यक्ष तुलसादेवी श्रेष्ठले खादा तथा अबिर लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो भने कार्यक्रमका अध्यक्ष आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा समिति गठनका संयोजक झविन्द्र खनालले शपथ समेत गराउनु भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुलसादेवी श्रेष्ठ र प्रमुख प्रसासकिय अधिकृत भेषराज पन्थले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेको कार्यक्रम झविन्द्र खनालको अध्यक्षता, रवि अर्यालको संचालनमा सम्पन्न भएको थियो ।


त्यसैगरि मालारानी गाउँपालिकामा हेमराज खनाल संयोजक रहेको समिति समेत गठन गरेको आधिकारिक ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण वर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री