शुक्रबार, १४ वैशाख २०८१

विकास बैंकहरुमा “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा ल्याउने पहिलो बैंक बन्यो कामना सेवा

समयपोष्ट २०७८ असोज ८ गते १७:५५

Advertisement

कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी “के.एस डिजी” खोल्न सक्ने बैंकले जनाएको छ ।

बिहीबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको हो ।

यस डिजिटल वालेट खोल्न एपमा फेस रिकगिनेसन गर्न स्क्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भएको छ । साथै, अकाउण्ट ओपनिंग,लोन एप्लिकेसन,एन्टर ओपरेवल क्यु आर,एम क्यासलगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैकंले आफुलाई डिजिटल बैंकिंगन सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री