शुक्रबार, ७ वैशाख २०८१

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’

समयपोष्ट २०७८ भदौ २७ गते १९:२६

Advertisement

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ को शुभारम्भ गरेको छ । रु. १,०००/– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

‘रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ खोल्ने सुबिधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।’ -बैंकद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री