बुधबार, १२ वैशाख २०८१

दोर्दीखोला जलविद्युत् आयोजनाको ९९ प्रतिशत काम सम्पन्न, असोज दोस्रो साताबाट बिजुली उत्पादन

समयपोष्ट २०७८ भदौ २३ गते १८:०७

Advertisement

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ ।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले भन्नुभयो, “आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ ।” दोस्रो हप्तासम्म बिजुली उत्पादन परीक्षण गरिनेछ । गत असारमा नै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पु¥याएको थियो ।

ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत गृह, सुरुङ मार्ग, तीन हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको जनाइएको छ ।

बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा पावरहाउस रहेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता विसं २०६९ असार १ गते भइसकेको आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री