बिहीबार, १३ वैशाख २०८१

‘टिभीएस मोटर कम्पनी’ले दुई ओटा शोरुम थप्यो 

समयपोष्ट २०७३ असोज १३ गते ६:५१

 

Advertisement

काठमाडौं । शंकर ग्रुपअन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’को नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना दुई नयाँ आधुनिक शोरुम  थप गरेको छ । 

थप भएका दुई शोरुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा आएको छ। 

वीरगञ्जमा टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताका रुपमा म्याक्स अटो प्रालि र बालाजुमा आवर मोटर प्रालि रहेका छन्। 


 
दुवै शोरुममा टिभिएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ। 
 
टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० हालै बजारमा आएका मोटरसाइकलहरु हुन्। 
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री