नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत वोनस सेयर दिने
समयपोष्ट
२०७३ असोज १२ गते १०:३९
काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ ।
गत बर्षको लाभांसबाट वोनस सेयर दिने इन्स्योरेन्सको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन बाँकी छ ।
कम्पनीले गत आर्थिक बर्ष १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ भएको कम्पनीको वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ ।
प्रतिक्रिया