शुक्रबार, १६ चैत २०८०

सुन्धारामा मोबाइल एक्स्पो,मोबाइलले सूचना प्रबिधीमा क्रान्ति ल्यायो:अर्थमन्त्री महरा

समयपोष्ट २०७३ असोज ८ गते ४:३८

नजिकिएको दशैंलाई लक्षित गरेर सीटीसी मोबाइल एक्स्पो सुरु भएको छ । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारमा शुक्रबार सुरु भएको मोबाइल एक्स्पोको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।
एक्स्पोमा मोबाइलको खरिद्मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सीटीसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । एक्स्पोमा हरेक दिन लक्की ड्र मार्फत ६ जना अवलोकनकर्तालाई मोबाइल दिने तथा ५ जना खरिद्कर्तालाई लक्की ड्र मार्फत मोबाइलका अतिरिक्त २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको भौचर प्रदान गरिने व्यवस्था पनि रहेको आयोजकले बताएका छन् ।

Advertisement

एक्स्पोमा स्मार्टफोन खरिद् गर्नेहरुलाई लक्की ड्र मार्फत बम्पर उपहारस्वरुप होण्डा हर्नेट मोटरसाइकल, टिभी, फ्रिज, भ्याकुम क्लिनर र वासिङमेसिन दिने योजना समेत समावेश गरिएको आयोकको भनाइ छ । एक्स्पोमा ८ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिएका छन् । आयोजकले असोज १५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।
एक्स्पोको उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए ।
उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल, घर घरमा इन्टरनेटकोे बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दावी गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको जानकारी दिए ।
 
सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको जानकारी दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री