बिहीबार, १३ वैशाख २०८१

रोयल इन्फिल्डको हिमालयन बाइक बिक्रि खुला

समयपोष्ट २०७३ असोज ७ गते ५:०४

विश्वमा सवैभन्दा वढी बिक्रि हुने मोटरसाइकलको निर्माता कम्पनी रोयल इफिल्डले हिमालयन मोटरसाइकलको नेपालमा बिक्रि सुरु गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रोयल इन्फिल्डका प्रोजेक्ट लिडर प्रदीप म्याथु र एमभी दुगड समूहका मोतिलाल दुगडले सार्वजनिक गरेका हुन् । 

Advertisement

मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले आफ्नो उत्पादनको ६० बर्ष पुरानो अनुभवको परिणाम स्वरुप हिमालयन मोटरसाइकल सार्वजनिक गर्न सफल भएको जनाएको छ । एलएस ४१० शक्तिशाली इन्जिनले बनाएको यो मोटरसाइकल उकालो, ओरालो, जंगल र पर्वतीय मार्गमा पनि गुड्न सक्ने जनाइएको छ । हिमालयन मोटरसाइकल ग्रेनाइड र स्नो गरि दुई रंगमा उपलव्ध रहेको कम्पनीले जनाएको छ ।  

यसको मुल्य ५ लाख ६१ हजार रहेको जनाइएको छ । 
यो मोटरसाइकलमा ४११ सीसी क्षमता, फोर स्ट्रोक सिंगल सिलिन्डर र एयर कुलिङ सिस्टम छ । अधिकतम २४ दशमलव ५ विपिएच क्षमता र पाँच स्पिड म्यानुअल गियर र इलेक्ट्रिक स्टार्ट पनि रहेको जनाइएको छ । २ सय २० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स पनि छ । १५ लिटर इन्धन ट्यांकी छ ।प्रतिलिटर ३० किलोमिटर माइलेज दिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री