शनिबार, ८ वैशाख २०८१

२७ सेप्टेम्बर देखि शुक्र ग्रह सिंह राशिमा प्रवेश गर्दै, कुन राशिलाई कस्तो फल मिल्छ ?

समयपोष्ट २०७७ असोज ९ गते १५:५७

Advertisement

सेप्टेम्बर २७ राति १ बजे देखि शुक्र ग्रह कर्कट राशिको यात्रा समाप्त गर्दै सिंह राशिमा प्रवेश गर्दैछ।

शुक्र यस राशिमा २३ अक्टोबर बिहान १० बजेर ४२ मिनेटसम्म रहनेछ, जसपछि कन्या राशिमा प्रवेश गर्नेछ। शुक्रको कर्कट राशिमा गोचरले सबै १२ वटै राशिमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् कुन राशीमा कस्तो असर पार्छ ?

मेष राशि : मेष राशिको लागि शुक्रको गोचर शिक्षाको दृष्टिकोणबाट अनुकूल हुनेछ, तर प्रेम वा विवाह सम्बन्धित विषयमा भने शुभ हुने छैन। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। आयका साधनहरू बढ्नेछन्। दिईएको पैसा फिर्ता पाउने सम्भावना छ। परिवारको वरिष्ठ सदस्यहरूको समर्थन मिल्नेछ। उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहोस्।

वृष राशि : शुक्रको गोचरले अभिभावकहरूको स्वास्थ्य प्रति चिन्ता बढाउन सक्छ। घर वा सवारी किन्ने संकल्प पूरा हुनसक्छ, तर केहि कारणले मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। मित्र तथा आफन्तहरूको सहयोग पनि मिल्नेछ। सावधानीपूर्वक यात्रा गर्नुहोस्।

मिथुन राशि : तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ साथै तपाईंको कार्य र निर्णयहरूको सराहना हुनेछ। धर्म तथा अध्यात्मको क्षेत्रमा रुचि बढ्नेछ। विदेशी कम्पनीहरूमा सेवा वा विदेशी नागरिकताको लागि आवेदन सफल हुनेछ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

कर्कट राशि : आर्थिक पक्ष मजबूत रहनेछ। आकस्मिक धन लाभ हुने सम्भावना छ। लक्जरी आईटमहरूमा खर्च हुनेछ। यदि तपाईं घर, वाहन आदि किन्न चाहनुहुन्छ भने समय उपयुक्त छ। नयाँ कार्य वा व्यवसाय सुरू गर्ने दृष्टिकोणबाट गोचर अनुकूल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी देखिन्छ।

सिंह राशि : सिंह राशिको लागि शुक्रको गोचर अप्रत्याशित परिणाम दिनसक्छ। मानसिक अशान्तिको सामना गर्नु पर्नेछ। मांगलिक काम गर्ने अवसरहरू आउनेछन्। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। प्रतिष्ठित व्यक्तिहरूसँग मेलमिलाप बढ्नेछ।

कन्या राशि : मुटु र आँखाको रोगबाट बच्नुहोस्। घुमफिर र लक्जरी आईटमहरू खरीद गर्न अधिक खर्च हुनेछ। लेनदेन को मामलामा अधिक सावधान रहनुहोस् र कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना हुन्छ। गोप्य दुश्मनहरू पनि गठन हुन्छन्।

तुला राशि : आफ्नो शक्ति र उर्जाको बलमा विषम परिस्थिति पनि पार गर्न सफल हुनुहुनेछ। स्वास्थ्यकोमा विशेष ध्यान दिनुहोस्। शिक्षा क्षेत्रमा राम्रो सफलता मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग बन्नेछ।

वृश्चिक राशि : पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ। नोकरी क्षेत्रमा पदोन्नति तथा सम्मान प्राप्त हुनेछ। यदि तपाईं नयाँ सम्झौतामा हस्ताक्षर गर्न वा काम परिवर्तन गर्न प्रयास गर्दै हुनुहुन्छ भने समय अनुकूल छ। घरको गाडी किन्ने सपना पूरा हुन सक्छ। मित्र तथा सहकर्मीबाट लाभ मिल्ला।

धनु राशि : धर्मको साथै आध्यात्मिक कुरामा पनि रुचि बढ्नेछ। विदेश यात्रा वा विदेशी नागरिकताका लागि आवेदन दिन समय अनुकूल छ। नयाँ मित्र बन्नेछन् साथै सहयोग पनि मिल्नेछ। तपाईंको निर्णयको सराहना हुनेछ। यदि तपाईं नयाँ व्यापार सुरु गर्न चाहानुहुन्छ भने समय अनुकूल छ।

मकर राशि : स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावहरूबाट सावधान रहनुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। आर्थिक मामिलामा प्रगति हुनेछ। लक्जरी आईटमहरूमा खर्च हुनेछ।

कुम्भ राशि : दैनिक व्यापारीहरुको लागि समय अनुकूल छ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। ससुराली पक्षसँग सम्बन्ध बिग्रन नदिनुहोस्। स्वास्थ्य राम्रो रहनेछ। प्रेमसँग सम्बन्धित कुरामा आपसी भरोसा बढ्नेछ।

मीन राशि : स्वास्थ्य सम्बन्धि कुरामा चिन्ता बढ्नेछ। गोप्य शत्रुहरू पनि अधिक हुनेछन्। यात्रा गर्दा विशेष लाभ प्राप्त हुने देखिन्छ। विदेशी कम्पनीहरूबाट सेवाको लागि आवेदन सफल हुनेछ। यात्रा र लक्जरी आईटमहरू खरीद गर्न अधिक खर्च हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री