शुक्रबार, १६ चैत २०८०

 पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने

समयपोष्ट २०७३ भदौ २४ गते ३:३९

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको  पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न मर्चेन्ट बैंकसंग संझौता गरेको छ । 
कम्पनीले विहीबार एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने संझौता गरेको हो ।  सेयर निष्कासन सम्झौतामा हाइड्रो पावरका तर्फबाट कार्यकारी निर्देशक सन्तोष कुमार प्रधान तथा एनसिएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।
इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन भई सकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी ९क्यास्केड० जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि कम्पनीले दिएको छ ।
पञ्चकन्या माई हाइड्रो पावरको आयोजना प्रभावित गाविसका बासिन्दालाई कम्पनीले ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर दिने जनाइएको छ । सर्वसाधारणको लागि १६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुने छ । कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न लागेको हो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री