बिहीबार, १३ वैशाख २०८१

सकियो ११ औं नाडा अटो शो, साढे ३ सय करोड बराबरको कारोबार,८ सय गाडी बुकिङ

समयपोष्ट २०७३ भदौ १९ गते १२:५९


अटो मोबाइल्स डिलर एशोसियशन अफ नेपालको आयोजनामा भदौ १४ गतेदेखि मेला सुरु भएको  ११ औं नाडा अटो शो आइतबार सकिएको छ । 
शोमा साढे ३ सय करोड रुपैयाँ बराबरको कारोबार भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए । शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको कारोबार भएको दाहालले बताए । शोमा अवलोकनर्ताले ८ सय गाडी बुकिङ गरेका छन् भने १५ सय वटा दुई पांग्रे सवारी पनि कारोबार भएका छन् ।
गाडी मेलामा ६० हजार दर्शले अवलोकन गरेका छन् । यसअघि मेलमा ५० हजार दर्शक मात्रै आउने अपेक्षा थियो । ६ दिने अटो मेलामा टाटा, मारुती(सुजुकी, हुण्डाई, डाट्सन, फियाट, फोर्ड, होण्डा, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टोयोटा, भक्सवागन, स्याङयोङ गलगायत कम्पनीका गाडी राखिएको थियो ।
त्यस्तै मेलामा हिरो ,बजाज, बेला, बेनली,  होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फील्ड, रनर, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामाहा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री