शुक्रबार, १४ वैशाख २०८१

कामना र आइसिएफसीले तय गरे साधारणसभाको मिति ,कामनाको हकप्रद आइसिएफसीको बोनस शेयर पारित हुँने

समयपोष्ट २०७४ असोज १० गते ५:१६

कामना सेवा विकास बैंक र  आइसिएफसी फाइनान्सले साधारणसभाको मिति तय गरेका छन् । बैंकले कात्तिक १ गते र फाइनान्सले असोज ३१ गते साधारणसभा बोलाएको हो । बैंकले  हकप्रद निष्कासन तथा पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साधारणसभा डाँकेको हो । साधारण सभामा बैंकले १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement

यसैगरी फाइनान्सले चुक्ता पूँजीको १० प्रतिशत बराबरको बोनस शेयर दिने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ । फाइनान्सको साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशतबाट हुन आउने ८ करोड एक लाख रुपैयाँ बाराबरको बोनस शेयर जारी गर्नको लागि कर प्रयोजन सहित ११.०५ प्रतिशतले हुन आउने ८ करोड ८६ लाख रुपैयाँ पारित गर्ने छ। 

कामना विकास बैंक र सेवा विकास बैंक गाभिएर बनेको कामना सेवा विकास बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । त्यस्तै फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । बोनपछि फाइनान्सको पूँजी ८८ करोड पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री