शुक्रबार, १४ वैशाख २०८१

सप्तकोशी र कैलास विकास बैंकले लाभांस घोषणा गरे

समयपोष्ट २०७४ असोज ८ गते ७:२२

सप्तकोशी डेभलपमेन्ट बैंक र  कैलास विकास बैंकले लाभांस घोषणा गरेका छन् । दुवै विकास बैंकले गतबर्षको नाफाबाट लगानकिर्तालार्इ लाभांश वितरण गर्न लागेका हुन् । 

Advertisement

गत बर्षको नाफाबाट सप्तकोशी डेभलपमेन्टले आफ्ना लगानीकर्तालाई ११.५० प्रतिशत बोनश शेयर दिने भएको छ । यसैगरी कैलास विकासले १० प्रतिशत बोनस शेयर तथा  ९.५० प्रतिशत नगद लाभांस दिने भएको हो । 

कैलास विकास बैंकले गत आर्थिक बर्षमा ५० करोड २६ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा कायम गरेको छ । बैंकको हाल २ अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनसपछि बैंकको पूँजी दुई अर्ब ५२ करोड पुग्नेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री