शनिबार, ८ वैशाख २०८१

जलविद्युत्मा चिनियाँ लगानीकर्ता खोज्न  ऊर्जा मन्त्री गए चीन 

समयपोष्ट २०७४ असोज ३ गते ११:४२

नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही आज चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन । 

Advertisement

ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनमा रहँदा मन्त्री शाहीले नेपालको जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने कार्यक्रम रहेको छ । 
यस्तै पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्युत् आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्नेजनाइएको छ । 

आयोजना ठेक्का लिने तर काम नगर्ने भन्दै चिनियाँ निर्माण व्यवसायीको आलोचना हुँदै आएको छ । ऊर्जा मन्त्री शाहीले थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री