बिहीबार, २० वैशाख २०८१

एक हजारका नक्कली नोट बजारमा ,नक्कली नोट यसरी चिन्नुहोस्

समयपोष्ट २०७४ असोज २ गते ८:१८

गोरखा सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । 

Advertisement

रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । 

“नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले बताए । 

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु एक हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री