शुक्रबार, १४ वैशाख २०८१

रक्षा मन्त्रीले किन सत्तरी वर्ष कटेपछि चुनाव नलडन आग्रह गरे

समयपोष्ट २०७४ भदौ ३१ गते ९:५४

रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन । 

Advertisement

काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताए । 
उनले भने, ‘‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’’ 

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताए । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उहाँले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेखगरे। 

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री