शुक्रबार, २ साउन २०८२

कृषि विकास बैंककाे २ कराेड ह्याक

समयपोष्ट २०७६ असोज ८ गते १०:२१

कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो भएको उक्त घटनामा सिराहाको लाहान शाखामा कार्यरत कर्मचारीको युजनर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका हुन् ।उनीहरुले नौ/नौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ।

अचानक पैसा झिकिएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो। गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले पैसा झिक्ने कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ।

प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजानिक गरेको छैन । पक्राउ परेकाहरुबाट केही रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

सर्बसाधारणको रकम झिकिएको छैन, बैंकको खातामा भएको रकम झिकिएको हो,’ स्रोतले भन्यो, ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री