मंगलबार, ६ साउन २०८२

नारायणी बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १० प्रतिशत छुट

समयपोष्ट २०७६ असोज २ गते १७:१४

ग्लोबल आइएमई बैंक लि. र नारायणी बयोधा अस्पताल प्रा.लि. बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेजकार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री