शुक्रबार, १४ वैशाख २०८१

कोरीया साउथ–इष्ट पावर कम्पनीद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा  एक करोड दुई लाख सहयोग 

समयपोष्ट २०७४ भदौ २८ गते ८:५५

दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले  प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरे ।

Advertisement

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरे । 
उपप्रधानमन्त्री महराले कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिललो त्रिसुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली–१ दुई सय १६ मेगाबाटको परियोजान भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराए । उनले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गरे ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री