मंगलबार, ११ वैशाख २०८१

मुख्यमन्त्री गुरुङद्धारा दोबिल्ला कटान क्षेत्रको निरीक्षण

rss २०७६ भदौ ३० गते १८:३५

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका– १७ र २१ जोडने दोबिल्लास्थित फुस्रेखोलाले गरेको कटान क्षेत्रको आज निरीक्षण गर्नुभएको छ ।
फुस्रेखोलाको कटानका कारण सयमसमयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडकसहितको बस्तीको उहाँले निरीक्षण गर्नुभएको हो ।

केही वर्षयता वर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोबिल्ला पुल नजिकै तटबन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ । अवलोकनका क्रममा स्थानीय बासिन्दा र सरोकारवालसँग अन्तक्र्रिया गर्दै उहाँले पुल र बस्तीको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेती नदी र फुस्रेखोलाको सङ्गमस्थलका रुपमा रहेको दोबिल्ला क्षेत्रको संरक्षण गरी जोखिम न्यूनीकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्बन्धित निकायबाट तदारुकता देखाउनुपर्ने स्थानीयवासीले मुख्यमन्त्रीसँग माग राखेका थिए ।

दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लबद्धारा सञ्चालित सहारा एकेडेमीलगायतका विभिन्न सङ्घ संस्थासहित ठूलो बस्ती र जग्गासमेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री