दोहोरो नागरिकताले विकासमा असर पर्यो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश विकासमा समस्या परेकाले समाधानका लागि नागरिकता विधेयक ल्याइएको बताएका छन् । संसदको राज्य ब्यवस्था समिति बैठकमा शुक्रबार बोल्दै उनले भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या आएको बताए ।

Advertisement

‘भारतसँगको खुला सीमानाका कारण दोहोरो नागरिकता समस्या आएको छ’, उनले भने, ‘यो समस्याले देशको विकासमा असर पारेकाले समाधानका लागि विधेयक ल्याइएको हो ।’

उनले सरकारले ल्याएको विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणा भएको भन्दै विधेयक परिमार्जन गर्ने र सच्चाउने काम जनप्रतिनिधि र समितिलाई अधिकार भएको उल्लेख गरे ।

उनले नागरिकताको विषय नेपालमा मात्रै नभएर अन्य देशमा पनि निकै संम्बेदनशील हुने गरेको बताए । उनले नागरिकता ऐन पञ्चायतकालबाटै नागरिकताको बहस चल्दै आएको र विभिन्न ऐनहरु बनाइएको बताए ।

गृहमन्त्री थापाले विवाहित अंगीकृत नागरिकताका विषयमा पहिला विदेशको नागरिकता त्यागेको निस्सा ल्याउनुपर्ने प्रावधान भएपनि त्यो नल्याएपनि नागरिकता पाउने व्यवस्था रहिआएको र त्यसले दोहोरो नागरिकता लिन सजिलो बनाएकाले त्यसलाई सच्चाउन अनिवार्य रुपमा विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएपछि ६ महिनाभित्र त्यहाँको नागरिकता त्यागेको निस्सा अनिवार्य ल्याउनुपर्ने भनेर संशोधन गर्न लागिएको प्रष्ट पारे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री