सनराइज बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा
समयपोष्ट
२०७६ भदौ २७ गते ११:०२
सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्घि सम्झौता भएको छ ।
आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सनराइज बैंकको आरटिजीएस सुबिधा बिहीबारबाट सञ्चालनमा आएको छ । अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सबिधा उपभोग गर्न सक्ने छन् ।
प्रतिक्रिया