आइतबार, २२ असार २०८२

बेलायतको सरकारी जागिर छोडेर स्वदेशको सरकारी अस्पताललाई नमुना बनाएका डाक्टरमाथि यस्तो आरोप, के हो वास्तविकता ?

डा. पुकार चन्द्र श्रेष्ठ, प्रत्यारोपण सल्य चिकित्सक २०७६ भदौ २६ गते ९:२३

Advertisement

मिति २०७६।०५।१८ गते अन्नपूर्ण पोष्ट दैनिककोप्रथम पृष्ठमा“अस्पतालमै मृगौलाको धन्दा” शिर्षक राखी मुख्य समाचारको रुपमा प्रकासित भएको समाचार सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा उल्लेख भए बमोजिम मृगौला फेल भएका विरामी रामेछाप, दोरम्बा बस्ने शंकर लाल लामा र निजको भान्जा भनेर आएका रामेछाप, दोरम्बाका संजिव घिसिङ्गले आफ्नो मामाको मृगौला प्रत्यारोपण गराउनका लागिआफुले एउटा मृगौला दानदिन इच्छाव्यक्त गरी उहांहरु दुवै जना निदान अस्पतालको बहिरंग बिभागमा म लगायतको चिकित्सकिय टोलीसँग जचाउन आएको व्यहोरा साँचो हो ।

 

उहाँहरुको मृगौलाप्रत्यारोपण तथा मृगौला दान गर्न चाहिने सम्पूर्ण चिकित्सकिय जाँच गरि उहाँहरु बिचको नाता प्रमाणित गर्नका लागि यस अस्पतालको प्रत्यारोपण स्वीकृती समितिमा पठाइएको हो ।

Advertisement

समाचार प्रकाशन गर्नु अघि एक पटक पनि मलाई तथ्य कुरा स्पष्ट पार्ने मौका नदिई मेरो नामै किटान गरी चरम आर्थिक प्रलोभनमा परी मेरो नेतृत्वमा गैर कानूनी ढंगले मृगौला निकालेर प्रत्यारोपण गरेको उल्लेख भएको हुँदा मेरो मानमर्दन भएको तथा चरित्र हत्या गर्ने प्रयाससमेत भएको हुँदा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु र उक्त समाचार प्रति खेद व्यक्त गर्न चाहन्छु ।

मानब शरीरको अंगप्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ को नियम १२ को उपनियम १ बमोजिमप्रत्यारोपण स्विकृती समिति गठन भएको र उक्त समितिमा प्रत्यारोपण सँग सम्बन्धन भएको चिकित्सकको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य, अस्पतालका कानूनी सल्लाहकार सदस्य र अस्पताल प्रशासन प्रमुख समेत सदस्य रहेको छ । यस सम्बन्धमा मृगौला प्रत्यारोपण गर्न गराउन आउने व्यक्तिहरुले पेश गरेको प्रमाण कागज, विवरण र सो सम्पुर्ण कागजविवरण र व्यहोरालाई निजहरुले सनाखत समेत गरेको आधारमा र आफुहरु सम्बन्धित नाताका व्यक्तिहरु भएको अभिव्यक्तिको आधारमा प्रचलित ऐन नियम बमोजिम प्रत्यारोपण स्वीकृति समितिले मृगौला प्रत्यारोपण गर्न मिल्ने गरी स्वीकृती गरेको हो । सोही बमोजिम मृर्गाैला प्रत्यारोपण कार्य सम्पन्न गरिएको हो ।

नाता प्रमाणीकरण गर्ने प्रकृयामा प्रत्यारोपणमा संलग्न हुने चिकित्सकिय टोली प्रत्यारोपण स्विकृति समितिमा संलग्न हुन नपाउने कानूनी व्यवस्था भएको र उक्त कार्यमा मेरो कतै कुनै संलग्नता नभएको भएता पनि उक्त समाचार प्रकाशन गर्नु अघि एक पटक पनि मलाई तथ्य कुरा स्पष्ट पार्ने मौका नदिई मेरो नामै किटान गरी चरम आर्थिक प्रलोभनमा परी मेरो नेतृत्वमा गैर कानूनी ढंगले मृगौला निकालेर प्रत्यारोपण गरेको उल्लेख भएको हुँदा मेरो मानमर्दन भएको तथा चरित्र हत्या गर्ने प्रयाससमेत भएको हुँदा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु र उक्त समाचार प्रति खेद व्यक्त गर्न चाहन्छु । मैले कहाँबाट कहिले कोसँग कति आर्थिक लाभ लिँए सप्रमाण प्रकाशित गरिदिनुहुन अनुरोध छ ।

स्वदेश मै विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा स्थापित गरी राष्ट्रको अरबौं रुपैयाँ बचत गराउन सफल भएको अवस्थामा उक्त भ्रामक समाचार प्रेसित गर्ने सबै पक्षलाई हदै सम्मको आवश्यक कारवाहीको लागिजोडदार माग गर्दछु ।

बेलायतको सरकारी जागीर छोडी आफ्नै देशमा गरिब तथा बिपन्न दाजुभाई दिदीबहिनीहरुको सेवा गर्ने उद्देश्यले ११ बर्ष अघि स्वदेश फर्की सरकारी अस्पतालमा हालसम्म ९९ प्रतिशत सफलताका साथ ७६७ जनाको मृगौला प्रत्यारोपण सम्पन्न गरीसकेको र पछिल्लो ४५० जनाको मृगौला प्रत्यारोपण १०० प्रतिशत सफलताका साथ डिस्चार्ज भएको तथ्य र स्वदेश मै विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा स्थापित गरी राष्ट्रको अरबौं रुपैयाँ बचत गराउन सफल भएको अवस्थामा उक्त भ्रामक समाचार प्रेसित गर्ने सबै पक्षलाई हदै सम्मको आवश्यक कारवाहीको लागिजोडदार माग गर्दछु । मृगौला प्रत्यारोपण सेवाबाट गरीब निमुखा र बिपन्न नागरिकहरुको सेवा गर्ने मेरो धर्म हो र आफ्नो कर्तव्यबाट कदापी बिचलित हुन मिल्दैन । प्रकाशित समाचारले बुद्दिजिबी, पत्रकार, राजनितीज्ञ तथा भद्र भलादमीलगायत सम्पूर्णदाजुभाई दिदीबहिनीहरुमा पर्न गएकोे भ्रमबारे सत्य तथ्य पत्ता लगाउन प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायप्रति मेरो पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री