शुक्रबार, ७ वैशाख २०८१

लादेनले अमेरिका माथी हमला गर्नुको कारण हेर्नुस

समयपोष्ट २०७४ भदौ २६ गते ८:२७

अमेरिकाले आजसम्म ९ /११ मा भएको आतंकवादी हमला बिर्सन सकेको छैन । सन् २००१ मा आजकै दिन अल कायदाले अमेरिकाको टिवन् टावरमा हमला गरेको थियो । अल कायदाका प्रमुख ओसामा विन लादेनले किन अमेरिकामा यति ठूलो घटना घटाए त ?

Advertisement

हिष्ट्री चेको डकुमेण्ट्री रोड टु ९ /११ को अनुसार आफ्नो परिवार टुक्रिनुको प्रमुख जिम्मेवार लादेनले अमेरिकालाई ठहराएका थिए । तिन पार्टमा देखाईएको डकुमेण्ट्रीको पहिलो पार्टमा सन् ९० को दशकमा ओसामा आफ्नो परिवारसंग सुडानमा आरामको जिन्दगी बिताईरहेको देखाईएको छ । यहीँ बिचमा अमेरिकाले लादेनलाई सुडानबाट निकाल्न सुडानी सरकारलाई दबाब दिन थाल्यो । सोही कारण लादेनले सुडान छाडे । लादेनसंग बसाईको लागि केही मात्र विकल्पहरु थिए । लादेनले सुडानबाट आफ्नो परिवारलाई लिएर अफगानस्थानतर्फ लागे । त्यतिबेला  त्यहाँको हालत निकै खराब थियो । अफगानस्थान करीब एक दशकदेखि सोभियत युनियनसंग युद्धको सामना गरिरहेको थियो । त्यहाँ सामान्य जीवन यापनका लागि आवश्यक पुर्वाधारहरु समेत थिएनन् । जसले गर्दा लादेनकी दोस्री श्रीमती खदीजा शरीफले लादेनसंग नबस्ने निणर्य गरिन् । उनी पेशाले एक विश्वविद्यालयकी लेक्चरर थिईन् । खदीजा लादेनलाई डिभोर्स दिएर आफ्नो छोरालाई लिएर साउदी अरब गईन्। जसले लादेनलाई निकै दुखि तुल्यायो । 

९ /११ हमलाको बारेमा लरेन्स रईटले लेखेको पुस्तक लुमिंग टावरमा पनि अमेरिकामा भएको हमलाको मुख्य कारण लादेन र उनकी श्रीमतीबीच भएको डिभोर्स भन्ने उल्लेख गरिएको छ । सोही घटनाले लादेनलाई ठूलो झट्का लागेको थियो । त्यसपछि उनले अमेरिकाको बिरुद्ध यद्ध लड्न १२ बुँदे घोषणा पत्रनै तयार गरेका थिए । डकुमेण्ट्रीका लेखक राईट कोलका अनुसार लादेन अमेरिकालाई  सिर्फ स्लामिक स्टेट मात्र नभै आफ्नो ब्यक्तिगत दुनियालाई समेत तहसनहस पार्ने प्रमुख शत्रुको रुपमा मान्थे । 
कोलका अनुसार अमेरिकाले लादेनलाई सुडानबाट हटाएपछि उनलाई दुनियाले बिर्सने सोचेको थियो तर अमेरिकाको लागि उसले सोचेको ठिक उल्टो हुनपुग्यो । 

एजेन्सी


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री