यी २३ निर्माण कम्पनी र आपूर्तिकर्ता सरकारको कालोसूचीमा
समयपोष्ट
२०८२ असोज ३० गते ८:३२
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको जानकारी सार्वजनिक गरेको हो। यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि तत्काल लागू हुने कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद प्रक्रिया वा कारबाहीमा सहभागी हुन पूर्णरूपमा रोक लगाइएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका कम्पनीहरूको विस्तृत सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ।
प्रतिक्रिया