शुक्रबार, १६ चैत २०८०

ब्याबसायीद्वारा पाँच सय थान किट हस्तान्तरण

rss २०७६ भदौ २३ गते १६:१८


देशैभर डेङ्गुको प्रकोप बढिरहेका बेला चितवनमा विभिन्न व्यवसायीले ५०० थान किट उपलब्ध गराएका छन् । उनीहरुले विपन्न गरीब बिरामीको उपचारका लागि निःशुल्क रुपमा डेङ्गु किट उपलब्ध गराएका हुन् ।

Advertisement

व्यवसायी तथा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेशकुमार चुके र उहाँकी श्रीमती सन्ध्या लक्ष्मीले संयुक्त रुपमा रु एक लाख ४० हजार मूल्यको उक्त किट उपलब्ध गराउनुभएको हो ।

भरतपुर अस्पतालमा उपचार गर्न आउने विपन्न बिरामीको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तीवारीलाई सो किट हस्तान्तरण गरियो । अहिले डेङ्गु फैलिएको भन्दै गरीब बिरामीको निःशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको सो सामग्री हस्तान्तरण कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

चुके गणेशधाम संरक्षण सम्र्बद्धन समितिका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले हरेक वर्ष विपन्न विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । चितवनका प्रजिअ जीतेन्द्र बस्नेतले चुके दम्पतीले सरकारको अभियानलाई सहयोग पुग्ने जनहित कार्य गरेको बताउनुभयो । साथै सोही अवसरमा प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री