शनिबार, ८ वैशाख २०८१

७३ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा छोरी जन्माएपछि……

समयपोष्ट २०७६ भदौ २० गते १९:४३

Advertisement

भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एकजना ७३ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । महिलाको नाम येरामति मंगायम्मा हो र उनले गएको बुधबार बिहान १०ः३० बजे सिजेरियन गरेर जुम्ल्याहा बच्चाको जन्म दिएकी बीबीसीले जनाएको छ । उनको अपरेसन गर्ने चिकित्सक उमा शंकरले बीबीसीलाई बताएअनुसार आमा र जुम्ल्याहा छोरीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

छोरीहरुलाई आगामी २१ दिन सम्म चिकित्सकको निगरानीमा राखिने उनले बताएकी छन् । जुम्ल्याहा बच्चालाई जन्म दिने यी महिला विश्वकै सबैभन्दा बढी उमेरकी महिला हुने अपेक्षा गरिएको छ । सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने विश्वकै रेकर्डमा अहिलेसम्म स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाम रहेको छ । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।

यद्यपि कतिपय मानिसको विश्वास छ कि यो रेकर्ड भारतकै ओमकारी पनवारको नाममा रहेको थियो । ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चाको जन्म दिएको बताइने गरेको छ । मंगायम्माले खुसी जनाउँदै भनेकी छन्,“मान्छेहरुले मलाई निःसन्तान महिला भन्ने गर्थे । त्यतिबेला साह्रै दुःख लाग्थ्यो । यस कारणले मैले बच्चा जन्म दिने फैसला गरेँ । मेरो जीवनमा यो सबैभन्दा खुसीको पल हो ।”

उनका पति यरामति सीताराम राजारावले भने,“अब म खुसी छु । यो सबै चिकित्सकहरुका कारण सम्भव भयो । हामी अनेक अस्पतालमा गएर अनेकौं उपाय अपनायौं । एक पटक फेरि प्रयास गर्नका लागि हामी यो अस्पतालमा आयौं । यहाँ आएको दुई महिना भित्रै मेरी पत्नी गर्भवती भइन् । हामी गएको ९ महिनादेखि अस्पतालमै छौं । मानिसहरु हामीलाई निःसन्तान व्यक्ति भन्थे । अब यो सकिएको छ । हामी अब यी दुवै छोरीको राम्रो रेखदेख गर्नेछौं ।” यो दम्पती पहिलाको पूर्व गोदावरी जिल्लाको नेलापर्तिपडु गाउँमा बस्दै आएको थियो ।

उनीहरुको विवाह सन् १९६२ को मार्च २२ का दिन भएको हो । बच्चाको चाहनामा यो दम्पती कैयौ वर्षसम्म अस्पतालको चक्कर लगाउँदै आएको थियो । केही पहिला जब यही क्षेत्रकी ५५ वर्षीया महिलाले आइभीएफ अर्थात् टेस्टट्युब बेबी प्रक्रियामार्फत् बच्चालाई जन्म दिइन् त्यतिबेला यो दम्पतीले पनि सोही प्रक्रियाद्वारा बच्चाको जन्म दिनका लागि प्रयास गर्ने तय गर्यो । गएको वर्ष यो दम्पती गुंगूरको क्लिनिकमा गए । डा. उमा शंकरले सबै परीक्षण गरेपछि उनीहरुको औषधि शुरु गरेका थिए ।

महिलामा बढ्दो उमेरसँगै शुक्राणुको संख्या कम हुँदै जान्छ र ३५ वर्षपछि निकै तीब्र गतिमा यसको कमी हुने गर्छ । मंगायम्माको रजोनिवृत्ति रोकिइसकेको थियो । यसले गर्दा बिनाकुनै चिकित्साकीय परामर्श उनी गर्भवती हुनु सम्भव थिएन । गर्भधारणका लागि यो दम्पतीले एक दातासँग अण्डाणु लिएका थिए । त्यसपछि आइभीएफ तरिकाबाट उनका पति सीताराम राजारावको शुक्राणुमा त्यसलाई मिलाइयो । यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा रोपित गरिएको थियो । बृद्धा महिलाका लागि गर्भधारण एक जटिल प्रक्रिया हो । यस्तो मामिलामा अधिक सावधानीको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री