शुक्रबार, १४ वैशाख २०८१

कुरिनटारमा लुम्बिनी बिकास बैंकको शाखा कार्यालय

समयपोष्ट २०७४ भदौ २४ गते ८:०७

लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका, वडा नं. ४, कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

Advertisement

ईच्छाकामना गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैक लि. संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले शुक्रवार संयुक्त रुपमा शाखाको उद्घाटन गरे । स–साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै  एबिबिएस, मोवाईल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ ।
 बैंकले देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले जानकारी दिए ।                                          
                                
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री