मंगलबार, ६ साउन २०८२

सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने

समयपोष्ट २०७६ भदौ १८ गते १४:०१

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सर्वसाधरणलाई सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

बुधबार एक सूचना जारी जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार प्रयोग गर्न ग्राहकहरुलाई नेप्सले आग्रह गरेको हो ।

नेप्सले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको हो ।

सूचनामा नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।

नेप्सले हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री