बुधबार, १२ वैशाख २०८१

बीमा क्षेत्रमा देखिएका विकृति रोक्न आचारसंहिता ल्याउँदै छौँ

चंकी क्षेत्री, महासचिव, नेपाल बिमक संघ

समयपोष्ट २०७६ भदौ १७ गते १४:३४


सगरमाथा इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

Advertisement

सगरमाथा इन्स्योरेन्स एक चिरपरिचत कम्पनी हो । हामी क्लेममा केन्द्रित भएर राम्रो सेवा दिने कम्पनी भन्ने जगजाहेर नै छ । हामीले गत वर्ष नयाँ एनएफआरएसको इन्स्योरेन्स फिल्डमै रिपोर्ट पनि तयार ग¥यौँ । साथ–साथै हाम्रो आफ्नै स्टेक होल्डरहरूलाई ८६ प्रतिशतको बोनस सेयर पनि दियौँ । अहिलेको अवस्थामा त्यति बोनस सेयर दिने भनेको ठूलो उपलब्धि हो । हामीले त्यही बोनस सेयरबाट नै एक अर्ब चुक्ता पुँजी पनि पुर्यायौँ । गत वर्षको बिजनेसमा हामी दोस्रो नम्बरमा छौँ । दुई अर्ब १८ करोडको राम्रो बिजनेस गर्यौं, जुन मार्केट सेयरको झण्डै ९० प्रतिशत हुन्छ । १५ प्रतिशतको मार्केट ग्रोथ भएको बेला हाम्रो १८ प्रतिशतको छ ।

लगानीकर्ताले कस्तो रिटर्न पाइरहेका छन् ?

 

देशका दूरदराजमा पनि हामी पुुग्ने कोसिस गर्दैछौँ । साथै केही समयअघि मात्र हामीले इन्स्योरेन्स डिजिटल्ली भन्ने पनि लन्च गर्यौं । त्यसले घरमै बसेर पोलिसी खरिद गर्न मिल्ने वातावरण तयार गरिदिएको छ ।

हामीले १५ प्रतिशत हकप्रद र एक अर्ब बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि गरेका छौँ । अहिलेसम्म हामीले झण्डै एक हजार १०० प्रतिशत स्टेक होल्डर रिटर्न दिइसकेका छौँ । क्लेमतर्फ भूकम्पका बेला झण्डै दुई अर्बको सेटलमेन्ट गर्यौं । ८७ स्थानमा हामीले सेवा पुर्याइरहेका छौँ । देशका दूरदराजमा पनि हामी पुुग्ने कोसिस गर्दैछौँ । साथै केही समयअघि मात्र हामीले इन्स्योरेन्स डिजिटल्ली भन्ने पनि लन्च गर्यौं । त्यसले घरमै बसेर पोलिसी खरिद गर्न मिल्ने वातावरण तयार गरिदिएको छ । जुन पछिका लागि ठूलो उपलब्धि हुनेछ ।

बीमा समितिले लगानीको क्षेत्र विस्तार गरेको छ । त्यसले व्यवसायलाई कत्तिको सहयोग गरेको छ ?

एकीकृत सम्पत्ति बीमा अहिलेको आवश्यकता हो । नेपाल भूकम्पीय जोखिम भएको मुलुक हो । सम्पत्ति बीमाले सबैलाई समेट्छ । भूकम्पको बेला झण्डै १५ अर्बको क्लेम सेटलमेन्ट बीमा कम्पनीहरूबाट भयो । त्यसले गर्दा कम्पनीले तिर्ने रहेछ भन्ने पनि देखियो । त्यसमा सगरमाथाको हिस्सा दुई अर्बको रह्यो । अहिले हामी विदेशी दातृ निकाएको मुख ताकेर बसिरहेका छौँ । यदि सबैको बीमा भएको भए त्यो अवस्था नै आउने थिएन । अहिले पनि मानिसहरूले बीमाको महत्व त्यति बुुझेका छन्जस्तो लाग्दैन । हामीले पनि आफ्नोतर्फबाट बजार विस्तार गर्ने क्रममै छौँ । त्यसका लागि सरकारी सहायता पनि चाहिन्छ । दैवी प्रकोपका कारण पनि नेपालमा धेरै क्षति भइरहेको छ । त्यसलाई नै एकीकृत ढंगबाट गर्दा फायरलाई प्रोपर्टी इन्स्योरेन्समा रूपान्तरित गरेका छौँ । त्यसमा अहिलेको फायर पोलिसीमा प्रोपर्टी इन्स्योरेन्स लिने हो भने सबै रिस्क कभर गर्छ । सम्पत्ति बीमा पोलिसी लिएको खण्डमा यो कभर भएन भन्ने कुनै पनि हुँदैन । त्यसमाथि घरको बीमा गर्दा यसअघि दश हजार थियो भने अहिले पहुँच बढाउन त्यसलाई घटाएर चार हजार गरिदिएका छौँ । अहिले बजार भाउ हेर्ने हो भने सबैको २०० प्रतिशतले बढेको छ तर यो ६० प्रतिशतले घटेको छ । त्यसमा थप फाइदा के छ भने त्यो घरको इन्स्योरेन्स गर्यो भने घरको परिवारको पाँच/पाँच लाखको बीमा पनि कभर छ । यसको व्यापक प्रचारप्रसारका लागि सरकारले पनि नक्सा पास गर्दा, कर तिर्दा घर बीमा अनिवार्य गर्नुपर्ने कुनै कानुन पास गरिदिएको खण्डमा घरको बीमा हुन्छ । राष्ट्रले कुनै क्षति बेहोर्दा कसैको व्यक्तिगत क्षति भए पनि समग्रमा हेर्दा त्यो राष्ट्रको हो ।

नयाँ आएका कम्पनीहरू आए पनि जुन स्तरमा बीमाको पहुँच पुग्न पर्ने हो त्यो त देखिँदैन ?

 

मैले जे सम्पत्ति कमाएको छु, यदि कुनै पनि दुर्घटना अथवा घाटा आइपर्यो भने मैले कसरी परिपूर्ति गर्ने, त्यही पोजिसनमा कसरी आउने, दैनिकी कसरी चलाउने भन्ने सोच आउनुपर्छ । त्यसलाई पनि खर्चका रूपमा राख्नुपर्छ ।

दुनियाँमा बीमा कम्पनीहरू चल्ने नै यसरी हो । बीमाको अन्य प्रोडकटकोजस्तो एकैपटक रिजल्ट आइहाल्दैन । कफी खान गयो भने त्यसको स्वद, रंग केही न केही देखिन्छ । बीमाको कुरा त्यस्तो हुँदैन । यो भनेको एक प्रकारको बचतजस्तै हो । भविष्यमा मात्र बीमाको महत्व बुझिन्छ । मान्छेहरूमा यस्तो हुँदै हुँदैन भने किन पैसा खर्च गर्ने भन्ने खालको सोच छ । मैले जे सम्पत्ति कमाएको छु, यदि कुनै पनि दुर्घटना अथवा घाटा आइपर्यो भने मैले कसरी परिपूर्ति गर्ने, त्यही पोजिसनमा कसरी आउने, दैनिकी कसरी चलाउने भन्ने सोच आउनुपर्छ । त्यसलाई पनि खर्चका रूपमा राख्नुपर्छ ।

एउटा एक करोडको घर १५/२० वर्षमा आर्जन गरेको पैसाले बनाइएको हुन्छ, त्यसको चार हजारले जोखिम बहन गर्छ भने किन नगर्ने । त्यसका लागि पनि केही गर्नुपर्दैन । कसैले चुरोट पिउँछ भने एउटा खिल्ली छोड्नुपर्यो । कसैले तीन कप चिया खान्छ । एक कम छोड्यो भने त्यो कभर हुन्छ । दुघर्टना क्षति होस् भन्ने चाहना कसैको हुँदैन । यदि भएको खण्डमा म सुरक्षित छु भन्ने विचार गरेर नै बीमालाई अगाडि बढाउनुपर्छ । समाजमा आर्थिक क्रियाकलाप बढाउनका लागि बीमाको ठूलो भूमिका छ ।

आखिर जसले जसरी लगानी गरे पनि अन्तमा रिटर्न त खोज्छ नै । होइन भने उसले व्यापार किन गर्ने । हामीले पनि केही रिटर्न त दिनुपर्यो । त्यसको मतलब प्रेसर आएर जे पायो त्यही गरेर भएको इन्डस्ट्रिलाई बिगार्ने कुरा हुँदैन ।

मर्जर गरेर संख्या घटाउनुपर्ने आवाज आइरहेको छ, बढेको पुँजीअनुसार बिजनेस बढाउन कत्तिको प्रेसर छ ?

अहिले बजारमा अलिकति अस्वस्थ प्रतिस्पर्धा देखिएकै छ । त्यस कारण नम्बर घटाउनुपर्छ भन्ने सोच छ । खुला अर्थतन्त्रमा काम गर्छु भनेपछि त्यसलाई लाइसेन्स रोक्न मिलेन । त्यसले पनि रोजगारी सिर्जना गर्छ । यहाँ पनि माग र आपूर्तिको कुरा आउँछ । एक समय लाइसेन्स बाँड्ने कुरा आयो भने अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मर्जको कुरा आएको छ । समग्र निर्जीवन बीमामा २५ अर्बको हामीले बिजनेस गर्यौं । पेड अफ क्यापिटल बीस करोड हुन्छ । बीस अर्बको लगानी गरेर २५ अर्बको बिजनेस गरेर जुन हाम्रो शाखा सञ्जाल अरू म्यानेजमेन्ट खर्च इम्प्लोइहरूलाई दिएर राम्रो रिटर्न आउन गाह्रो छ । त्यही भएर बिस्तारै त्यसलाई ठूलो साइज बनाउन जरुरी छ । त्यसका लागि नम्बर घटाउन पनि जरुरी छ । यो कुरा समितिले पनि महसुस गरेको छ । हामी बीमा कम्पनीवालाले पनि त्यो कुरा सोचिरहेका छौँ । आखिर जसले जसरी लगानी गरे पनि अन्तमा रिटर्न त खोज्छ नै । होइन भने उसले व्यापार किन गर्ने । हामीले पनि केही रिटर्न त दिनुपर्यो । त्यसको मतलब प्रेसर आएर जे पायो त्यही गरेर भएको इन्डस्ट्रिलाई बिगार्ने कुरा हुँदैन । राम्रोसँग व्यावसायिक रूपमा व्यवस्थित गरेर लैजानुपर्यो ।

बिमक संघबाट कम्पनीहरूका लागि आचारसंहिता पनि बनाउँदै हुनुहुन्छ, त्यसबारे बताइदिनुस् न ?

हाम्रो ट्यारिफ रिडर हुन्छ । बजारमा बिजनेस दिनेको होडबाजीले गर्दा ट्यारिफ राखे पनि थप के दिने । हाम्रो नियममा एजेन्ट कमिसनबाहेक केही दिन मिल्दैन । केही प्रमोस्नल क्रियाकलापमा खर्च गर्ने भनेको यहाँ समस्या नै छ । जस्तो तेस्रो पक्ष बीमा गर्दा सरकारले तपाईं बीमा गर्ने कि बिनाबीमा लिने भन्ने कुरा गर्छ । बीमा गरे बिनाबीमा यति पैसा भन्ने कुरा आउँछ । उसले किन बेच्नेभन्दा सरकारलाई कमिसन छैन । कमिसन नपाई किन बेच्ने भन्ने हुन्छ । त्यहाँ पैसा दिनुपर्ने हुन्छ । सरकारले बेच्ने होइन कि किन्ने । त्यसपछि सरकारले बल्ल बेचिदिन्छ ।

आचारसंहितामा बीमा समितिकै गाइड लाइन छ । हामी सबै मिलेर त्यसलाई पालना गरेर बजारलाई स्वस्थ बनाएर जाउँ भन्ने खालको मात्रै हो । यसमा उल्टो पाल्टो नगरौँ बरु सर्भिस लेवल बढाउँ । जसले राम्रो सेवा दिन्छ, क्लाइन्ट त्यहाँ नै जान्छ ।

जस्तो गाडी सोरुमहरूमा अरू व्यापारमा बीमा गर्दा जसले डिल गर्छन्, केही प्रलोभनहरूको कुरा गरेपछि बल्ल कुरा अघि बढ्छ । त्यो खालको विकृति छ । रेट कटिङका कुरा जुन प्रपर वेमा हुनुपर्ने हो, त्यो नगर्ने । क्लाइन्टले पनि डाइरेक्ट सबैलाई थाहा छ । जस्तो बैंकले बेच्दा फलानाको बेच्दा यति रेट आएको छ । अर्कोको यति रेट आएको छ । दुईवटा रेटमा आयो समस्या छैन । बीमा कम्पनीले पनि पुनः बीमा गर्नुपर्छ । पुनः बीमा कम्पनी यहाँ पैसा दिन बसेको होइन । उसले पनि व्यापार गर्न बसेको हो । हाम्रोबाट नाफा भयो भने न उसले राम्रोसँग सेटलमेन्ट गर्ने हो । दैवी प्रकोपका कारण पुनः बीमा कम्पनीहरू डराए भन्ने कुरा आएको छ । त्यस कारण सबै व्यापार गर्न बसेका हुन् । उहाँहरूले पनि आफ्ना स्टेक होल्डरलाई रिटर्न दिने कुरा हुन्छ । पहिले सुरक्षा त्यसपछि रिटर्नका कुरा आउँछ । त्यो कुरा बुझ्न जरुरी छ । आचारसंहितामा बीमा समितिकै गाइड लाइन छ । हामी सबै मिलेर त्यसलाई पालना गरेर बजारलाई स्वस्थ बनाएर जाउँ भन्ने खालको मात्रै हो । यसमा उल्टो पाल्टो नगरौँ बरु सर्भिस लेवल बढाउँ । जसले राम्रो सेवा दिन्छ, क्लाइन्ट त्यहाँ नै जान्छ । क्लाइन्टलाई अप्सन दिएर १०० को चिज दशमा दिन्छु भनेर कागजमा त्यही रिस्क लेखेको छ भने किन नाई भन्ने कुरा आउँछ । त्यही कुरालाई रोक्नका लागि हामीले एउटा आचारसंहिताको तयारी गर्दैछौँ । अस्वस्थ प्रतिस्पर्धामा सबै बीमा कम्पनीहरूले हामी गलत बाटोमा गइरहेका छौँ भनेर मनन गरेका छन् । त्यसलाई सुधार गर्नुपर्छ भन्ने आवाज उठाएर हामीले त्यहीअनुसार बनाएका छौँ । त्यसलाई लागू गर्न पाए धेरै राम्रो हुन्छ ।

 

राष्ट्र बैंकले अब बैंकास्योरेन्स गर्न नपाउने भनेको छ, यसले कस्तो असर गर्छ ?

अहिले जुन विकृति देखिएको छ त्यसको हाँगाबिँगा काटेर ठूलो बनाउनुको सट्टा जरा नै उखेल्ने काम नगर्नुपर्ने हो । हाम्रो बिजनेस भनेको एजेन्सी, ब्रोकरमार्फत चल्ने हो । त्यसैले बैंकास्योरेन्सलाई रोक्न नहुने हो ।

यो अलिकति नमिल्दो छ । बैंकास्योरेन्स भनेको दुनियाँमा चलेको कुरा हो । हाम्रोमा बैंकास्योरेन्स याक्ट त छैन तर एजेन्टका रूपमा जुन सेवा उहाँहरूले पु¥याइरहनुभएको थियो, त्यसलाई राष्ट्र बैंकले नगर्नु भन्ने खालको कुरा आएको छ । त्यो कदापि राम्रो होइन । बाहिरतिर पनि हाम्रो रोजीरोटी खोसियो भनेर एजेन्टहरूले मुद्दा हाल्दा अदालतले बीमा कम्पनीभन्दा बैंकको पहुँच जनताका माँझमा बढी भएको हुँदा बैंकबाट इन्स्योरेन्स बुझ्दा, सर्भिस दिँदा राम्रो हुन्छ भनेको छ । अहिले सामान्यतया बैंकको ३०० वटासम्म सञ्जाल छन् । ती सञ्जाललाई प्रयोग ग¥यौँ भने हामी अगाडि पुग्छौँ । जे कुराको पनि सुरुआत गर्दा त्यसमा विकृति हुन्छ । जबर्जस्ती बिक्री गर्नु राम्रो होइन । एकाधले गरे भन्दैमा त्यसलाई बन्द गर्नु राम्रो होइन । राष्ट्र बैंकजस्तो निकायले बीमाको महत्व बुझेन भने हामीले जनतामा कसरी पु¥याउने । कुनै पनि कुरामा विकृति छ भने यसरी गर्न मिल्दैन भनेर नियमन गर्ने हो । अहिले जुन विकृति देखिएको छ त्यसको हाँगाबिँगा काटेर ठूलो बनाउनुको सट्टा जरा नै उखेल्ने काम नगर्नुपर्ने हो । हाम्रो बिजनेस भनेको एजेन्सी, ब्रोकरमार्फत चल्ने हो । हामीले बीमा बेच्दा ब्रोकर मार्फत नै बेच्नुपर्छ । सीधै गर्दा कुनै कम्प्लिकेसन आयो भने समस्या हुन्छ तर ब्रोकर थ्रु जाँदा त्यो सजिलो हुन्छ । त्यसैले बैंकास्योरेन्सलाई रोक्न नहुने हो । बैंकर संघले पनि त्यो कुरा महसुस गरिरहेको छ ।

यो आर्थिक वर्षमा सगरमाथा इन्स्योरेन्सका योजना के छन् ?

भूकम्पका बेलामा समेत नराम्रो हुँदाहुँदै पनि राम्रो काम गर्यौं । त्यसले बीमा कम्पनीले राम्रो गर्छ भनेर प्रमाणित पनि गर्यो । सगरमाथाले उदाहरणीय काम गर्यो  भनेर बजारबाट हामीले फिडब्याक पनि पायौँ । हामी त्यसलाई निरन्तरता दिन्छौँ ।

यो आर्थिक वर्षमा पेनिट्रेसन, जनचेतनाका कामलाई नै लिएर अगाडि बढ्ने हो । छिटोछरितो कसरी क्लेम सेटलमेन्ट गर्ने, अस्वस्थ होइन राम्रो प्रतिस्पर्धा गर्ने । राम्रो प्रतिस्पर्धा भनेको प्रिमियम कम लिने होइन कि प्रिमियम पनि लिने र क्लेम परेको भए राम्रो तरिकाले सेवा दिने । अहिलेसम्म हामीले हाम्रा ग्राहक वर्गहरूले त्यति धेरै विश्वास गरेर बिजनेसका लागि सपोर्ट गरिरहनुभएको छ । भूकम्पका बेलामा समेत नराम्रो हुँदाहुँदै पनि राम्रो काम गर्यौं । त्यसले बीमा कम्पनीले राम्रो गर्छ भनेर प्रमाणित पनि गर्यो । सगरमाथाले उदाहरणीय काम गर्यो  भनेर बजारबाट हामीले फिडब्याक पनि पायौँ । हामी त्यसलाई निरन्तरता दिन्छौँ । अहिले हामीसँग ८७ शाखा सञ्जाल रहेका छन् । त्यसलाई १०० को हाराहारीमा पु¥याउने हाम्रो लक्ष्य छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री