बिहीबार, ६ वैशाख २०८१

बीमा बजार बुमको अवस्थामा छ

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलको अन्तर्वार्ता

समयपोष्ट २०७६ भदौ १५ गते ११:५३

Advertisement

सिटिजन लाइफको पछिल्लो अवस्था कस्तो छ ?

यो आर्थिक वर्षको क्लोजिङ हामीले सय पल्स करोडको नयाँ बिजनेस गर्न सफल भएका छौँ । हाम्रो टिम, शाखा, नवीनतम प्रोडक्ट हेर्दा उत्साहजनक नै छ । यसबाट आगामी वर्ष अझै राम्रो गर्न उत्प्रेरणा प्राप्त भएको छ । हामी व्यवस्थित ढंगबाट अगाडि बढिरहेका छौँ । हाम्रो म्यानेजमेन्ट टिम, साथ दिने सम्पूर्ण कर्मचारी र सिटिजन लिर्डस  भन्छौँ हामी, जो फिल्डमा काम गर्ने अभिकर्ता साथीहरू उहाँहरूको साथ, सहयोग तथा कम्पनीप्रतिको विश्वासले नै हामीले यो सफलता पाएका हौं ।

पहिले मल्टिनेसनल कम्पनी मेट लाइफ र अहिले सिटिजन लाइफमा आफैँ व्यवस्थानको नेतृत्व सम्हाल्दा कस्तो अनुभूति भइरहेको छ ?

मेट लाइफमा प्रोेसेस, सिस्टमहरू मल्टिनेसनल र ग्लोबल प्रक्टिसहरूको परिपालन गरेर गर्नुपर्ने हुन्थ्यो । यहाँ केही कुरा लोकलाइज्ड गर्न सकिने र नेपालको परिपे्रक्ष्य अनुकूल, कस्टमरहरूको चाहनाअनुरूप काम गरिरहेका छौँ । त्यस्तो धेरै भिन्नता छैन ।

लाइफ इन्स्योरेन्सको बजार अवस्था कस्तो पाउनुभयो ?

अहिलेको बजार एकदम बुमको अवस्थामा छ । बीमाको चहलपहल एकदमै बढेको छ । बीमासम्बन्धी मानिसमा चेतना बढेको छ । ग्राहकको दृष्टिकोण फेरिएको छ । पहिलेभन्दा बीमाको पहुँच, दृष्टिकोण र विश्वास बढेको छ ।

बीमा समितिले अहिले लगानीको दायरा पनि बढाएको छ । त्यसले कस्तो प्रभाव पारिरहेको छ ?

प्रोडक्टले राम्रो काम गरिरहेको छ कि छैन, क्वालिटी बिजनेस, सिस्टम, पोर्टफोलियो रिन्यू यी सबै चिजलाई व्यवस्थित गरेर अगाडि लैजानु अहिलेका चुनौती हुन् ।

हामी नयाँ कम्पनीका लागि अझै त्यसमा केही कुरा परिमार्जन गर्नुपर्ने देखिन्छ । टेक्निकल रिजर्भका कारणले नयाँ कम्पनीले आज गर्न लागेको लगानीका लागि प्रि–अप्रुभल लिनुपर्ने अवस्था छ । उहाँहरूले त्यसमा रिभ्यू गर्दै हुनुहुन्छ । पुराना कम्पनीलाई पहिले तोकेको दायराभन्दा बाहिर गएर रिस्कका हिसाबले त्यसलाई अझ फराकिलो बनाइएको छ । त्यसले लगानी भएको छ । कम्पनीहरूले बजारमा रिटर्न बढाउन सक्ने र रिस्क बेस हिसाबले राम्रो भएको छ ।

 

बीमा कम्पनीहरूमा कस्ता खालका सञ्चालन जोखिमहरू छन् ?

अहिले बजारमा, ब्याजदर, तरलतालगायतका जोखिम छन् । यस्तै प्रोडक्टले राम्रो काम गरिरहेको छ कि छैन, क्वालिटी बिजनेस, सिस्टम, पोर्टफोलियो रिन्यू यी सबै चिजलाई व्यवस्थित गरेर अगाडि लैजानु अहिलेका चुनौती हुन् । यी कुरालाई राम्रो योजना, रणनीति बनाएर दीर्घकालीन प्रक्रियागत रूपमा सञ्चालन गरियो भने चूनौती कम गर्न सकिन्छ । हामीले पहिलो दिनदेखि नै यी कुरामा रोडम्याप बनाएका थियौँ । त्यसमा हामी राम्रो पोजिसनमा छौँ । सिस्टम आई–क्लाउड एकदम फुल बेसमा प्राइमरी डाटा, सेकेन्डरी डाटालाई राखेर केही तल माथि हुँदा पनि तत्काल परिचालन गर्न सक्ने, प्रोडक्टमा पनि हामी दोहोरो परीक्षण गरेर प्रमाणीकरण गर्छौं । हामीले अन्य कुरा पनि तत्काल परिचालन प्रक्रिया बनाएका छौँ । त्यस कारण हाम्रो कम्पनीको सञ्चालन जोखिम एकदम न्यूनतम तहमा छ ।

धेरै कम्पनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता गर्नुभयो तर मौद्रिक नीतिले अब बैंकहरूले इन्स्योरेन्स गर्न नपाउने प्रावधान ल्याएको छ, यसले बीमा क्षेत्रलाई कस्तो असर गर्दछ ?

बैंकास्योरेन्स नै रोक्नु ठीक होइन र यो समस्याको समाधान पनि होइन तर त्यसमा रहेका विसंगतिलाई घटाउन र कसैले गरेको थियो भने नियमअनुसार काम गरेको छैन भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने थियो । यसरी रोकेर समस्याको समाधान हुन्छ भन्ने मलाई लाग्दैन । ग्राहकहरूलाई इन्स्योरेन्स बेच्दा नियमअनुसार नै बेच्नुपर्छ । ग्राहकले मन पराए मात्र बीमा लिने हो तर यहाँ बैंकले आफ्ना ग्राहकलाई बीमा किन्न बाँध्य नै पारिएको भन्ने पनि आयो । बाध्यतामा पोलिसी बेच्नुहुँदैन थियो । त्यसमा कसैले कम्प्लेन गरेको छ भने त्यही विषयलाई अनुसन्धान गर्नुपथ्र्यो तर बन्द नै गर्नु भनेको विश्वव्यापी रूपमा चलेको कुरामा पछाडि हटेकोजस्तो भयो ।

बाध्यतामा पोलिसी बेच्नुहुँदैन थियो । त्यसमा कसैले कम्प्लेन गरेको छ भने त्यही विषयलाई अनुसन्धान गर्नुपथ्र्यो तर बन्द नै गर्नु भनेको विश्वव्यापी रूपमा चलेको कुरामा पछाडि हटेकोजस्तो भयो ।

बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएको दुई वर्ष पनि पुगेको छैन । यति छिटो फेरि क्रस होल्डिङ कम्पनीलाई मर्जर गर्ने र संख्या घटाउन समितिले गृहकार्य गरेको देखिन्छ । यो कत्तिको उचित छ, जविन बीमा कम्पनी कति हुनुपर्ला ?

नेपालको बजार अवस्थाअनुसार जीवन बीमा कम्पनीहरूको संख्या अन्य देशको दाँजोमा बढी नै हो ।

क्रस होल्डिङलाई घटाउने कुरा बीमा समितिलगायत सबैले भनेकै कुरा हो । क्रस होल्डिङ हुनुहुँदैन भन्ने कुरा राम्रो छ । संख्या घटाउने बढाउने भनेको जसले सर्भाइभ गर्न सक्दैन, व्यवसाय लैजान सक्दैन, त्योपछि आफैँ अरू कम्पनीमा समाहित हुन्छ । बीमा समितिले नभने पनि आफैँ मर्ज हुनुपर्ने अवस्थामा आइपुग्छ । नेपालको बजार अवस्थाअनुसार जीवन बीमा कम्पनीहरूको संख्या अन्य देशको दाँजोमा बढी नै हो । बढी हुँदाहुँदै पनि सबैले राम्रो गरिरहेका छन् । त्यस कारणले यही हिसाबले केही वर्ष सर्भाइभ हुन्छन् ।

कम्पनीका आगामी योजना के छन् ?

हाम्रो मुख्य प्राथमिकताको क्षेत्र भनेको तालिम र क्षमता विकास हो । हाम्रो टिमलाई विशेषगरी त्यही क्षेत्रमा बढी केन्द्रित गर्छौं । उनीहरू सबैको दक्षता, क्षमता अभिवृद्धि गर्ने काममा विशेष केन्द्रित हुन्छौँ । दक्ष जनशक्तिको विकास गरिसकेपछि कम्पनीले दीर्घकालीन रूपमा आफैँ विकास गर्छ । यो हाम्रो आधार बनाउने वर्ष हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री