बुधबार, १२ वैशाख २०८१

कलर्स मोबाइलको क्यास ब्याक अफर

समयपोष्ट २०७४ भदौ २० गते ६:५४

कलर्स मोबाइलले दशैंतिहारका अवसरमा पर्वोत्सव उपहार योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत शत प्रतिशतसम्म क्यास ब्याक दिने कम्पनीको भनाइ छ ।

Advertisement

योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिज पी४५, पी ५५ सेल्फी र पी ७० सेल्फीयूको खरीदमा लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।योजनाअन्तर्गत हरेकहप्ता ५० जना विजेताले शत प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलका तर्फबाट आकर्षक उपहार प्राप्त गर्ने  छन्।

पि ४५ को अग्र भागमा २ मेगापिक्सल र पछाडि ५ मेगापिक्सलको क्यामरा छ। पि ५५ सेल्फी अग्रभागमा भएको २ मेगापिक्सल र पछाडि भागमा रहेको ५ मेगापिक्सल क्यामरा तथा दुवैतिर फ्ल्यासले गर्दा चर्चित छ। पि ७० सेल्फी युको दुवै साइडमा ८ मेगापिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको छ।

टेलिटकका सिइओ सञ्जय अग्रवालले उपहार योजना घोषणा गर्दै कलर्स मोबाइ सुपथ मूल्य र बिक्री पछिको सर्भिसका लागि परिचित रहँदै आएको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री