शुक्रबार, १६ चैत २०८०

ग्लोबल आइएमई बैंकको एसएमर्इ लोन अव तीन दिनमै पाईने

समयपोष्ट २०७४ भदौ १८ गते १२:०४

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई तीन दिन भित्र कर्जा उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय नलगाइ छिटो छरितो रुपमै ब्यवसायीलार्इ  एसएमर्इ कर्जा दिन बैंकले समयावधि घटाएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।
 कर्जा लिन चाहने ब्यवसायीले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रै कर्जा पाउनेछन्।  यो सुविधा देशभरकै ग्लोबल आइएमई बैंकका एकसय १२ वटा शाखाहरु मार्फत लिन सकिने बैंकले जनाएको छ।
यस अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख  रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराईने समेत बिज्ञप्तीमा जनाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री