बिहीबार, १३ वैशाख २०८१

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित 

समयपोष्ट २०७४ भदौ १७ गते ९:४३

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । तामाङ  ८४५ मत सहित अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी अनिल शर्माले ८२२ मत पाएका छन् । यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दीपक देवकोटा ,तिलकराज भण्डारी र विजय गौतम निर्वाचित भएका छन् । 
यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएका छन् । 

Advertisement

महासचिवमा पदमा उत्तम अधिकारी, उपमहासचिव पदमा जीपी मैनाली, तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी निर्वाचित भए । यसैगरी कोषाध्यक्षमा केशव रावल, सचिव पदमा डिबी साउद, प्रविणा अधिकारी, गंगा दाहाल, गजेन्द्र प्रसाद देव, राजकुमार याक्सो लिम्बु, कल्पना मिया र मदन भुल निर्वाचित भएका छन् ।

एक नम्बर प्रदेश सचिवमा मदन कुमार भट्टराई, २ नम्बर प्रदेश सचिवमा सुर्यनारायण साह, ३ नम्बर प्रदेश सचिवमा पवन कार्की, ४ नम्बर प्रदेश सचिवमा क्षितिज सापकोटा, ५ नम्बर प्रदेश सचिवमा नारायण खनाल, ६ नम्बर प्रदेश सचिवमा अम्मरराज शाही र ७ नम्बर प्रदेश सचिवमा दिनेश प्रसाद भट्ट विजयी भए । यस्तै विश्वविद्यालय सचिवमा डा। अच्युत भट्ट निर्वाचित भएका छन् ।

 क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । बिहीबारदेखि शुरु भएको मतगणना आज बिहान मात्र सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए ।

क्रान्तिकारीको  एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री