सनराइज बैंक लिमिटेड र महिला चेम्बर अफ कमर्श बीच सहकार्य
समयपोष्ट
२०७६ साउन १६ गते १७:५९
सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बिहिवार सन्राईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्पmवाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ ।
साथै, संघमा आवद्ध महिला आयात÷निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया