शुक्रबार, ४ जेठ २०८१

अनौठो शैलीमा ट्रपको विरोध

समयपोष्ट २०७६ साउन १६ गते ११:२१

 

Advertisement

अमेरिका र मेक्सिको सिमा सधै विवादमा रहने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप मेक्सिकोका अवैध नागरिक अमेरिका प्रवेश गरुन् भन्ने चाहदैनन् ।

ट्रपको विरोध स्वरुप क्यालिफोर्नियाका दुुई प्रोफेसरले एउटा अनौठो तरिका अपनाएका छन् । यि दुुई प्रोफेसरले सिमानामा सि स हालिदिएका छन् । जहाँ बसेर दुुवै देशका बालबालिका तथा वयस्कले मनोरञ्जन लिन सक्नेछन् ।

कैलिफोर्निया विश्वविद्यालयका आर्किटेक्चर प्रोफेसर रोनाल्ड रायल र सहायक प्रोफेसर सैन फ्रेटलोले सन् 2009 मा आएको आइडियाले बल्ल अहिले आकार लिएको  हो ।

सिमाको स्टिलले घेरिएको पर्खालमा उनीहरुले सोमबार तीन सि स लगाएका हुन् । सनल्याण्ड पार्कमा लगाइएको सि समा झुल्न थुप्रै बालबालिका तथा वयस्कहरु पुगिरहेका छन् । प्रोफेसरका अनुसार दुवै देशका नागरिकलाई जोड्ने उदेश्यले उनीहरुले यस्तो तरिका अपनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री