शनिबार, ८ वैशाख २०८१

 माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंमा

समयपोष्ट २०७४ साउन २३ गते ३:३४

 माछापुच्छ्रे बैंकले केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं सारेको छ। बैंकको आइतबार बसेको विशेष साधारणसभाले केन्द्रीय कार्यालय सार्ने प्रस्ताव पारित गरेको हो।

Advertisement

६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको गत असार मसान्तसम्म निक्षेप ५८ अर्ब पुगेको छ भने ऋण लगानी ५१ अर्ब नाघेको छ। बैंकले गत बर्ष एक खर्ब ३० करोड खुद नाफा कमाएको छ। चुक्ता पूँजी ८ अर्व पुर्याउन बैंकले १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। 

बैकका पुर्वमा झापादेखि पश्चिममा कन्चनपुरसमेत गरेर शाखा ६२ वटा पुगेका छन्। ४ वटा एक्स्टेन्सन काउन्टरका साथै ४ शाखा रहित बैकिङ्ग  सेवा समेत छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री