शनिबार, ८ वैशाख २०८१

धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यले दोस्रो बजारमा सेयर कारोबार गर्न नपाउँने

समयपोष्ट २०७४ साउन २० गते १०:२५

नेपाल धितोपत्र बोर्डले सञ्चालक समिति सदस्यहरुले  दोस्रो बजार सेयर किनबेच गर्न नपाउँने भएका छन् । बोर्डले  सञ्चालक समिति सदस्यहरुका लागि आचार सहिंता जारी  गर्दै  बोर्ड सदस्यहरुले प्राथमिक बजारमा सेयरमा लगानी गर्न सक्ने तर  दोस्रो बजारमा लगानी गर्न नपाउँने जनाएको हो । 

Advertisement

 बोर्डका अनुसार धितोपत्र बोर्डका सञ्चालक समिति सदस्यले प्रतिनिधित्व गरेको संस्थामा बाहेक बोर्डको नियमनमा आउने कुनै पनि संस्थाको सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक वा शुल्कपाउने गरी पूर्णकालिन पद धारण गर्न पाउँने छैनन् ।

त्यसैगरि बोर्डमा दर्ता तथा निष्कासनको प्रक्रियामा रहेका कम्पनीमा पनि उनीहरुले उल्लखित पदमा रहन नपाउने भएका हुन् ।

बोर्डले बोर्डका काम कारवाही बारे पत्रकारहरुलाई समाचार वा संकेतिक रुपमा केही जानकारी समेत दिन नपाइने लगायतको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री